पत्रकार खड्का सम्मानित
बारा । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराको प्रथम साधारण सभामा पत्रकार विदुर खड्का सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि खड्कालाई सम्मान गरिएको हो ।
शनिबार सम्पन्न कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाकोले सामाजिक सञ्जालमा लेख्नु र पत्रकारिता गर्नु फरक कुरा भएको टिप्पणी गरे । कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी, प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, सचिव राजु विश्वकर्मा, केन्द्रीय सदस्य ध्रुव ढकाल, महेश्वर अधिकारी, नेपाली काँग्रेस नगर सभापति छवि शर्मा, प्रेस सेन्टरका मधेस प्रदेश प्रमुख किरण कर्ण, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य लक्ष्मी खरेल, बाराका उपाध्यक्ष रामबाबु मेहता, प्रेस युनियनका केन्द्रीय सदस्य गणेश रिजाल, प्रेस चौतारीका पुष्पराज खतिवडा, चेम्बर अफ कमर्सका अध्यक्ष रुपेस पोखरेल, नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय सदस्य राजु अधिकारी लगायतले पत्रकारिता समाजको ऐना भएको टिप्पणी गरेका थिए ।
कार्यक्रममा संस्थाका तर्फबाट प्रेस सेन्टरका संस्थापक अध्यक्ष गम्भिरा सहनी, पूर्व अध्यक्ष राम बाबु मेहता, महेश्वर अधिकारी, वरिष्ठ पत्रकार विदुर खड्का लगायतलाई पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण