रियल आउने एम्बाप्पेको इच्छा, क्लबको अर्कै दाउ
पेरिस । किलियान एम्बाप्पेले फेरि एकपटक रियल मड्रिड आउने इच्छा व्यक्त गरेका छन् । एम्बाप्पे सन् २०२४ मा रियल आउन चाहेको तर ला लिगा क्लबले उनलाई बिना शुल्कमात्र अनुबन्ध गर्न चाहेको स्पेनिस पत्रिका एसले दाबी गरेको छ । एम्बाप्पेले आफ्ना निकटस्थहरूलाई आफू अर्को वर्ष रियलबाट खेल्न चाहेको बताएको समाचारमा उल्लेख छ ।
यो सिजन पनि पेरिस सेन्ट जर्मेनबाट च्याम्पियन्स लिग जित्ने सपनामा ब्रेक लागेसँगै फ्रेन्च स्ट्राइकर अब सान्टियागो बर्नेबाउबाट त्यो सपना पुरा गर्न चाहन्छन् । तर, एम्बाप्पे क्लबमा आउन चाहे पनि स्पेनिस क्लबले यस विषयमा हतारो गर्न आनाकानी गरिरहेको छ । यसअघि उनलाई भित्र्याउने प्रयासको ‘दुःखद अन्त्य’ भएसँगै रियल यसपटक धेरै उत्साहित बनेको छैन । रियल एम्बाप्पे फ्रि–एजेन्ट भएपछि मात्र कुनै पनि छलफलमा सहभागी हुने रणनीतिमा रहेको छ ।
पीएसजीसँग एम्बाप्पेको सन् २०२५ सम्मको करार रहेको छ । तर, उनको करारमा क्लबले यो सिजन युरोपमा सफलता हात पार्न नसके अर्को वर्ष क्लब छाड्न सक्ने बुँदा पनि रहेको बताइन्छ । क्लब छाड्ने भनेर एम्बाप्पेले मन बनाइसकेको र उनले यो सिजनको अन्त्यमा क्लबसँग बसेर यसबारे छलफल गर्ने तयारी गरेको पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण