शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक उड्डयन प्राधिकरणका निरौला र कर्माचार्यको बढुवा

आइतबार, १९ चैत २०७९, १७ : ३२
आइतबार, १९ चैत २०७९

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का जगन्नाथ निरौला र नबिना कर्माचार्यको बढुवा भएको छ । उनीहरू दुवै जना १२औँ तह अर्थात उपमहानिर्देशकमा बढुवा भएका हुन् । 
 शनिवार बसेको प्राधिकरणको बोर्ड बैठकले निरौला र कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो । 

गौतम बुद्ध विमानस्थलका प्रमुख गोविन्द दाहालको अवकाशसँगै १२औँ तहको दुई पद पनि खाली थियो । सोही रिक्त पदमा निरौला र कर्माचार्यलाई बढुवा गरेर पदपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । निरौला बढुवाको अवधिसम्म प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप