नागरिक उड्डयन प्राधिकरणका निरौला र कर्माचार्यको बढुवा
आइतबार, १९ चैत २०७९, १७ : ३२
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का जगन्नाथ निरौला र नबिना कर्माचार्यको बढुवा भएको छ । उनीहरू दुवै जना १२औँ तह अर्थात उपमहानिर्देशकमा बढुवा भएका हुन् ।
शनिवार बसेको प्राधिकरणको बोर्ड बैठकले निरौला र कर्माचार्यलाई बढुवा गर्ने निर्णय गरेको हो ।
गौतम बुद्ध विमानस्थलका प्रमुख गोविन्द दाहालको अवकाशसँगै १२औँ तहको दुई पद पनि खाली थियो । सोही रिक्त पदमा निरौला र कर्माचार्यलाई बढुवा गरेर पदपूर्ति गरिएको प्राधिकरणले जनाएको छ । निरौला बढुवाको अवधिसम्म प्राधिकरणको प्रवक्ताको जिम्मेवारीमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण