शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा ट्याक्टर पल्टेर चालकको मृत्यु

सोमबार, २० चैत २०७९, ०७ : २४
सोमबार, २० चैत २०७९

सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१  धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् ।

आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको  प्र-२-०१-००१ त २५१७  नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप