सप्तरीमा ट्याक्टर पल्टेर चालकको मृत्यु
सोमबार, २० चैत २०७९, ०७ : २४
सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका वार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक बोदेबर्साईन-१ धनगढी बस्ने अन्दाजी २२ वर्षीय पङ्कज यादव रहेका छन् ।
आइतबार बिहान सारसर पुवारी टोलस्थित भित्री सडक खण्डमा सारसरबाट धनगढीतर्फ जाँदै गरेको प्र-२-०१-००१ त २५१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा यादवको घटना स्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण