युनाइटेडसँग न्युक्यासलको बदला
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडसँग काराबाओ कपको फाइनलमा बेहोरेको हारको बदला लिँदै न्युक्यासल युनाइटेडले प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । न्युक्यासले सेन्ट जेम्स पार्कमा शानदार प्रदर्शन गर्दै विपक्षीलाई आफ्ना पछिल्ला तीन खेलहरूमा बिना जीत वा गोलको अवस्थामा पुर्याएको थियो ।
पहिलो हाफमा डेभिड डे गियाको उत्कृष्ट डबल सेभले न्युक्यासललाई अग्रता लिनबाट रोकेका थिए । स्पेनिस खेलाडीले अलेक्ज्याण्डर इसाकको हेडर र जो विलोकको प्रहारलाई रोकेका थिए । दोस्रो हाफमा विलोकले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको अन्त्यतिर क्यालम विल्सनले गोल गर्दै जीत सुनिश्चित गरे ।
पहिलो हाफमा विपक्षीको पोस्टमा एउटा पनि प्रयास दर्ता गर्न असफल भएको म्यानचेस्टरले फेब्रुअरीमा वेम्बलीमा छ वर्षको ट्रफी खडेरी समाप्त गरेपछि प्रिमियर लिगमा एउटा पनि जितको स्वाद चाख्न सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण