बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड : सना मरिनलाई हराउँदै कन्जर्भेटिभ नेता पेटरी ओर्पाले जिते प्रधानमन्त्री चुनाव

सोमबार, २० चैत २०७९, ११ : ०८
सोमबार, २० चैत २०७९

फिनल्याण्डको कन्जरभेटिभ पार्टीका नेता पेट्री ओर्पोले वर्तमान प्रधानमन्त्री सन्ना मारिनलाई पराजित गर्दै प्रधानमन्त्रीको चुनाव जितेका छन् । जितपछि ओर्पोले भने, ‘हामीले सबैभन्दा ठुलो जनादेश पाएका छौँ ।’

प्रधानमन्त्री पदको दौड तीन दिनसम्म चल्यो र हरेक पल परिवर्तन हुँदै गयो । पहिलो मतगणनामा साना मारिन अगाडि थिइन् । त्यसपछि पासा पल्टियो र कन्जरभेटिभ पार्टी अगाडि बढ्यो ।

ओर्पोले २०.८ प्रतिशत, फिनल्याण्डको पपुलिस्ट पार्टीले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । डेमोक्रेटिक नेता साना मारिनको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।

तर साना मारिनले सबैभन्दा बढी पोल रेटिङ पाएकी छिन् र फिनल्याण्डलाई नेटोमा समावेश गराउन र कोभिड–१९ का बेला देशको कुशल नेतृत्व गरेको भन्दै उनको प्रशंसा गरियो ।

कन्जर्भेटिभ पार्टीका नेता ओर्पोले जीतको दाबी गर्ने बित्तिकै सना मरिनले जनादेश स्वीकार गर्दै उनको बधाई दिइन् ।

उनले भनिन्, ‘चुनावका विजेतालाई बधाई, नेशनल कोएलिसन पार्टीलाई बधाई, फिन्स पार्टीलाई बधाई । यो लोकतन्त्रको जवाफ हो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप