फिनल्याण्ड : सना मरिनलाई हराउँदै कन्जर्भेटिभ नेता पेटरी ओर्पाले जिते प्रधानमन्त्री चुनाव
फिनल्याण्डको कन्जरभेटिभ पार्टीका नेता पेट्री ओर्पोले वर्तमान प्रधानमन्त्री सन्ना मारिनलाई पराजित गर्दै प्रधानमन्त्रीको चुनाव जितेका छन् । जितपछि ओर्पोले भने, ‘हामीले सबैभन्दा ठुलो जनादेश पाएका छौँ ।’
प्रधानमन्त्री पदको दौड तीन दिनसम्म चल्यो र हरेक पल परिवर्तन हुँदै गयो । पहिलो मतगणनामा साना मारिन अगाडि थिइन् । त्यसपछि पासा पल्टियो र कन्जरभेटिभ पार्टी अगाडि बढ्यो ।
ओर्पोले २०.८ प्रतिशत, फिनल्याण्डको पपुलिस्ट पार्टीले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । डेमोक्रेटिक नेता साना मारिनको पार्टीले १९.९ प्रतिशत मत प्राप्त गरेको छ ।
तर साना मारिनले सबैभन्दा बढी पोल रेटिङ पाएकी छिन् र फिनल्याण्डलाई नेटोमा समावेश गराउन र कोभिड–१९ का बेला देशको कुशल नेतृत्व गरेको भन्दै उनको प्रशंसा गरियो ।
कन्जर्भेटिभ पार्टीका नेता ओर्पोले जीतको दाबी गर्ने बित्तिकै सना मरिनले जनादेश स्वीकार गर्दै उनको बधाई दिइन् ।
उनले भनिन्, ‘चुनावका विजेतालाई बधाई, नेशनल कोएलिसन पार्टीलाई बधाई, फिन्स पार्टीलाई बधाई । यो लोकतन्त्रको जवाफ हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण