राष्ट्रपतिलाई भेटेर राष्ट्रियसभा अध्यक्षले लिए स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सोमबार बिहान अध्यक्ष तिमिल्सिनाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति पौडेललाई भटेका थिए । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिउँदै स्वास्थ्य लाभको कामना गरे ।
यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए।
राष्ट्रपति पौडललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ। उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख छ। राष्ट्रपतिको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ। डा। महेश सिग्देल नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली राष्ट्रपतिको उपचारमा संलग्न छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण