शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ

सोमबार, २० चैत २०७९, १४ : १५
सोमबार, २० चैत २०७९

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुमार शर्मा (सुरेन्द्र मधेसी) सप्तरीबाट पक्राउ परेका छन् । सोमबार बिहान इलाका प्रहरी कल्याणपुरको टोलीले उनलाई राजविराजबाट पक्राउ गरेको हो । 

आपराधिक विश्वासघात तथा ठगी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए । 

मिटरब्याज पीडितहरूले ११ दिन पैदल हिँडेर काठमाडौँमा न्याय माग्न सङ्घर्ष गरिरहेका बेला सप्तरीबाट शर्मालाई पक्राउ गरिएको हो । गत शनिवार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए । 

पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप