मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ
सोमबार, २० चैत २०७९, १४ : १५
सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र कुमार शर्मा (सुरेन्द्र मधेसी) सप्तरीबाट पक्राउ परेका छन् । सोमबार बिहान इलाका प्रहरी कल्याणपुरको टोलीले उनलाई राजविराजबाट पक्राउ गरेको हो ।
आपराधिक विश्वासघात तथा ठगी मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
मिटरब्याज पीडितहरूले ११ दिन पैदल हिँडेर काठमाडौँमा न्याय माग्न सङ्घर्ष गरिरहेका बेला सप्तरीबाट शर्मालाई पक्राउ गरिएको हो । गत शनिवार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए ।
पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण