शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

एमालेका पौडेलको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह

सोमबार, २० चैत २०७९, १४ : ३५
सोमबार, २० चैत २०७९

बारा । बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल उम्मेदवारी मनोनयनका लागि कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेलगत्तै एमालेका पौडेल उम्मेदवारी दर्ताका लागि पुगेका हुन् ।

पौडेलको समर्थकका रुपमा वलबीर चौधरी र समर्थकमा वन्दना सिंह रहेका छन् । पौडेलले उम्मेदवारी दर्ता गरेपछि जनमतका उम्मेदवार उम्मेदवारी दर्ताका लागि आउँदैछन् ।

ramesh-kharel

यस्तै राष्ट्रिय स्वतन्त्रत पार्टीका रमेश खरेल उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय आइपुगेका छन् । खरेलको सर्मथक चन्दन साह र प्रस्तावक ममता शर्मा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप