आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा : अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुको माग

सोमबार, २० चैत २०७९, १५ : २१
सोमबार, २० चैत २०७९

दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् । 

बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता राजकुमार चौधरीले प्रदेश सरकार काम चलाऊ सरकार भएकाले निकास खोज्नु पर्ने बताए । 

उनले सरकारले समयमा निकास दिएर प्रदेशको विकास, मिटर ब्याजको समस्या, स्वास्थ्य सेवा र  संरचनाको अवस्थाका बारेमा गम्भीर हुनुपर्ने बताए ।

बैठकमा सांसद बैजनाथ कलवारले सरकारले विकासमा वास्ता नगरेको बताए ।

चालु आर्थिक वर्षको साढे ८ महिनामा २४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको भन्दै उनले अल्पमतको काम चलाऊ सरकारले प्रदेशको विकास लागि काम गर्न नसकेको टिप्पणी गरे ।  सरकारले बजेट खर्च गर्न नसक्दा बजेट खेर जाने सम्भावना भएको भन्दै अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए । 

बैठकमा चन्द्रकेश गुप्ता, मिना श्रेष्ठ, तारा थापा, निमा गिरी, भण्डारीलाल अहिर, सुधाकर पाण्डे, यमुना रोका तामाङ , जानकी न्यौपाने, यमबहादुर नेपालीलगायत सांसदहरुले धारणा राखेका थिए ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप