बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् विस्तारपछिको सिंहदरबार

मन्त्रीहरु विभागीय प्रमुखको ‘ब्रिफिङ’ सुन्न र कार्यकर्ताको बधाई थाप्न व्यस्त

सोमबार, २० चैत २०७९, २१ : १५
सोमबार, २० चैत २०७९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका प्रकाश ज्वाला सोमबार बिहानैदेखि व्यस्त देखिन्थे । उनी मन्त्रालय अन्तर्गतको विभिन्न महाशाखा प्रमुखहरुको ‘ब्रिफिङ’ सुन्नमा व्यस्त देखिए ।  विहान साढे १० बजे कोठा छिरेका ज्वाला अपरान्ह दुई बजेसम्म ब्रिफिङमै व्यस्थ थिए ।

ब्रिफिङको बीच बीचमा उनी कोठाबाट बाहिरिँदै पार्टीसम्बद्ध नेता तथा कार्यकर्ताको बाधाई पनि खाइरहेका थिए । खादा, माला र मिठाई लिएर पुगेका नेता तथा कार्यकर्ताले ज्वालालाई भने, ‘मन्त्रीज्यू हजुरको कार्यकाल सफल रहोस् । हजुरको कार्यकालमा आशालाग्दो काम होस् ।’ जवाफमा ज्वालाले ‘हस, हुन्छ र धन्यवाद’ मात्रै फर्काइरहे । 

singadarbar (5)

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत पनि बिहानैदेखि बधाई खान व्यस्त देखिन्थे । उनले मन्त्रालय अन्तर्गत महाशाखा प्रमुख र विभागीय प्रमुखहरुको ब्रिफिङ सुनिसके । खागसरी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड भारतमा भ्रमणको तयारी गरिरहेका बेला उर्जा मन्त्रालयले विद्युत व्यापार सम्झौता र भारतीय लगानीमा निर्माण हुने जलविद्युत सम्झौताका लागि ड्राफ्टको बनाउने तयारी भइरहेको छ ।

प्रचण्डका विश्वासपात्र मध्येका एक बस्नेतलाई यसअघि जनार्दन शर्माले कमाएको ख्यातिलाई निरन्तरता दिनुपर्ने चुनौति छ । माओवादीका जाजरकोट देखिका नेता तथा कार्यकर्ताहरु बस्नेतलाई भेट्न लामबद्ध देखिन्थे । बस्नेत अपरान्ह विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा निरीक्षणमा पुगेका थिए । 

singadarbar (8)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी लामो समयपछि मन्त्री बने । अहिलेको मन्त्रिपरिषद्मा सबै भन्दा धेरै मन्त्री बन्ने भाग्यशाली पात्र पनि भण्डारी नै हुन् । उनलाई आइतबारदेखि नै पार्टीका नेता, कार्यकता देखि साथीहरु मन्त्रालयमा आउजाउ गरिरहेका छन् । सोमबार पनि उनी कार्यकर्ता भेटघाटसँगै मन्त्रालयबाट हुने कार्यसम्पादनका विषयमा सचिव एकनारायण अर्यालसँग ब्रिफिङ लिनमा व्यस्त थिए । 

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत आइतबारदेखि नै बाधाई साट्न व्यस्त थिए । पार्टीका नेता तथा कार्यकर्ता र सुभेक्षुकहरुको बधाईको ओइरो लागेको थियो । 

singadarbar (4)

भौतिकबाट गृहमा पुगेका गृहमन्त्री श्रेष्ठलाई ‘बाजी मार्नुभयो कमरेड बधाई छ’ भन्दै कार्यकर्ता सोमबार विहान गृहमा पुगेका थिए । श्रेष्ठ सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका थिए । उनले गृह मन्त्रालय अन्तर्गतका महाशाखाको ब्रिफिङ सुन्दैछन् । सोमबार अध्यागमन पुगेर निरीक्षणसमेत गरेका छन् । 

सिंहदरबारका सवारी पार्किङसमेत भरिएका छन् । भित्र सडक पेटीमा समेत सवारी पार्किङ गरेका दृश्य देखिन्छन् ।  एक मन्त्रीका स्वकीय सचिवले भने, ‘अब एक साता मन्त्रीज्यूहरुलाई एक छिन फुर्सद हुँदैन । कार्यकर्ताको ओइरो लाग्छ, नियमित काम गर्न समेत समस्या हुन्छ ।’ 

singadarbar (2)

लामो समयपछि अधिकांश मन्त्रालय मन्त्रीबिहीन थिए । अब मन्त्रालयको कायसञ्चालन नियमित अगाडि बढ्ने देखिन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक सहसचिवले भने, ‘मन्त्री नहुँदा धेरै काम रोकिएका थिए । प्रशासनिक काम भएपनि नीतिगत तहमा सुधार गर्नुपर्ने धेरै कामहरु रोकिएका थिए । अब विस्तारै गति लिन्छ ।’ 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि मन्त्री पाएपछि खुसी छ । मन्त्री नहुँदा सचिवले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने र कतिपय नीतिगत कुराहरु मन्त्री नभएकै कारण अड्किएको मन्त्रालयका एक सहसचिवले बताए । 

singadarbar (9)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप