शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी अब नेपालमा

सोमबार, २० चैत २०७९, २२ : २४
सोमबार, २० चैत २०७९

काठमाडौँ । शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी  नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोनहरू समावेश छन् ।  लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको छ ।’

रेड्मी नोट १२ एक टिबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य क्रमशः रु.२२,९९९,  रु.२४,९९९ र रु.२६,९९९ रहेको छ । त्यस्तै रेड्मी नोट १२ प्रो ५जी दुई स्टोरेज  भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः रु.३८,९९९  र रु.४१,९९९ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप