शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

पोखरामा ४५ वर्षीय पुरुषद्वारा आत्मदाह

मङ्गलबार, २१ चैत २०७९, १६ : ४९
मङ्गलबार, २१ चैत २०७९

पोखरा । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका ४५ वर्षीय इन्द्रप्रसाद अर्यालले घरको कोठामा आत्मदाह गरेका हुन् । 

वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोसीका अनुसार अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । प्रहरी पुग्दा घरको कोठा भित्रबाट चुकुल लगाइएको पाइएको डिएसपी जोसीले बताए । 

मंगलबार दिउँसो साढे ३ बजे प्रहरी पुग्दा शरीर जलेको अवस्थामा शव भेटिएको थियो । 

‘तीनतले घरको दोस्रो फ्ल्याटमा उनले शरीरमा आगो लगाएर आत्मदाह गरेको देखिन्छ,’ डिएसपी जोसीले भने, ‘घरमा कोही हुनुहुँदो रहेनछ । श्रीमति जागिर र छोरी घरबाहिर रहेको अवस्थामा घटना भएको देखिन्छ ।’ अर्यालको कोठामा ग्यालीन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

अर्याल वैदेशिक रोजगारमा जाने आउने गर्ने गरेको प्रहरीले जनाएको छ । उनी कतारबाट नेपाल फर्केको ६ महिना भएको बताइएको छ । घटनाबारेमा श्रीमतीसँग बुझ्न खाेज्दा बोल्न सक्ने अवस्था नरहेकाले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप