उपनिर्वाचन : उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण
बुधबार, २२ चैत २०७९, १५ : ३७
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि खर्चको सीमा तोकेको छ ।
आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको हो ।
उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए अनुसार हुनेगरी चितवन २ र बारा २ का लागि २९ लाख र तनहुँ १ का लागि ३१ लाख खर्च गर्न पउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारले आयोगले तोकेको खर्चको सीमाभित्र रही निर्वाचनमा खर्च गर्न पाउने छन् । उम्मेदवारले गरेको खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण