उपनिर्वाचन : उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण
बुधबार, २२ चैत २०७९, १५ : ३७

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि खर्चको सीमा तोकेको छ ।
आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको हो ।
उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए अनुसार हुनेगरी चितवन २ र बारा २ का लागि २९ लाख र तनहुँ १ का लागि ३१ लाख खर्च गर्न पउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उम्मेदवारले आयोगले तोकेको खर्चको सीमाभित्र रही निर्वाचनमा खर्च गर्न पाउने छन् । उम्मेदवारले गरेको खर्च विवरण निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड