छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिने यो कस्तो रोग ?
स्पेनमा ढलको काम गर्ने एक व्यक्तिलाई जुकाको यस्तो सङ्क्रमण देखियो कि डाक्टरले उनको छालामुनी यसको लार्भा हिँडिरहेको स्पष्ट देख्न सक्थे ।
द न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा यो निकै अचम्मको घटनाबारे जानकारी दिइएको छ । ६४ वर्षका ढल प्रशोधन गर्ने व्यक्तिलाई एक दिन अचानक झाडा लाग्यो । त्यसपछि उनको शरीर भरी चिलाउन थाल्यो । यो देखेर उनलाई आफ्नो शरीरमा केही त गडबडी छ जस्तो लाग्यो । उनले आफ्नो समस्याबारे मड्रिडस्थित युनिभर्सिटी अस्पतालका डाक्टरलाई जानकारी दिए जहाँ डाक्टरले परीक्षणपछि उनलाई गोलो जुका (राउन्डवर्म) को गम्भीर सङ्क्रमण भएको फेला पारे । स्ट्रोन्गीलोइड्स स्टेरकोरालिस नाम दिइएको यो सङ्क्रमणको लक्षण खासै देखिँदैन तर यो केस भने गम्भीर थियो, डाक्टरले ती बिरामीको छाला मुनीबाट जुका हिँडिरहेको देख्न सक्थे ।
अनलाइन मेडिकल जर्नलमा सार्वजनिक फोटोमा देख्न सकिन्छ कि डाक्टरले रातो दाग देखिएको ठाउँमा रातो धर्का कोरेको देख्न सकिन्छ । यसमार्फत डाक्टरले के पत्ता लगाए भने उनको छाला मुनी पछिल्लो २४ घण्टादेखि जुका हिँडिरहेका थिए । ती व्यक्तिको कामको प्रकृतिले गर्दा पनि सङ्क्रमण फैलिन मद्दत गरेको डाक्टरले विश्वास गरेका छन् ।
जुकाको सङ्क्रमण भएका व्यक्ति कुनै लक्षण बिना वर्षौँसम्म सामान्य जीवनयापन गर्न सक्छन् तर यी व्यक्तिलाई भने स्पाइनल कर्ड कम्प्रेसनका लागि हर्मोन थेरापी दिनुपरेको थियो । यसले उनको प्रतिरोधात्मक क्षमता कमजोर भयो र फलस्वरूप, जुका थप फैलन पायो । यो हाइपर इन्फेक्सन यति खराब भयो कि बिरामीको छाला मुनी लार्भा हिँडिरहेको मज्जाले देखियो ।
यस्तो खालको हाइपर इन्फेक्सन मानिसका लागि घातक हुनसक्छ तर डाक्टरले यी व्यक्तिको जीवन बचाउन सके ।
‘एन्टी प्यारासाइटिक औषधीको सहयोगले बिरामीको शरीरमा देखिएको रातो धब्बा र झाडा रोकिएको छ, उनको स्वास्थ्य स्थिति सुधारोन्मुख छ,’ अस्पतालका प्रवक्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण