सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

छालाभित्रबाट जुका हिँडिरहेको स्पष्ट देखिने यो कस्तो रोग ?

बुधबार, २२ चैत २०७९, १६ : ५५
बुधबार, २२ चैत २०७९

स्पेनमा ढलको काम गर्ने एक व्यक्तिलाई जुकाको यस्तो सङ्क्रमण देखियो कि डाक्टरले उनको छालामुनी यसको लार्भा हिँडिरहेको स्पष्ट देख्न सक्थे ।

द न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा यो निकै अचम्मको घटनाबारे जानकारी दिइएको छ । ६४ वर्षका ढल प्रशोधन गर्ने व्यक्तिलाई एक दिन अचानक झाडा लाग्यो । त्यसपछि उनको शरीर भरी चिलाउन थाल्यो । यो देखेर उनलाई आफ्नो शरीरमा केही त गडबडी छ जस्तो लाग्यो । उनले आफ्नो समस्याबारे मड्रिडस्थित युनिभर्सिटी अस्पतालका डाक्टरलाई जानकारी दिए जहाँ डाक्टरले परीक्षणपछि उनलाई गोलो जुका (राउन्डवर्म) को गम्भीर सङ्क्रमण भएको फेला पारे । स्ट्रोन्गीलोइड्स स्टेरकोरालिस नाम दिइएको यो सङ्क्रमणको लक्षण खासै देखिँदैन तर यो केस भने गम्भीर थियो, डाक्टरले ती बिरामीको छाला मुनीबाट जुका हिँडिरहेको देख्न सक्थे ।

अनलाइन मेडिकल जर्नलमा सार्वजनिक फोटोमा देख्न सकिन्छ कि डाक्टरले रातो दाग देखिएको ठाउँमा रातो धर्का कोरेको देख्न सकिन्छ । यसमार्फत डाक्टरले के पत्ता लगाए भने उनको छाला मुनी पछिल्लो २४ घण्टादेखि जुका हिँडिरहेका थिए । ती व्यक्तिको कामको प्रकृतिले गर्दा पनि सङ्क्रमण फैलिन मद्दत गरेको डाक्टरले विश्वास गरेका छन् । 

roundworm infectionजुकाको सङ्क्रमण भएका व्यक्ति कुनै लक्षण बिना वर्षौँसम्म सामान्य जीवनयापन गर्न सक्छन् तर यी व्यक्तिलाई भने स्पाइनल कर्ड कम्प्रेसनका लागि हर्मोन थेरापी दिनुपरेको थियो  । यसले उनको प्रतिरोधात्मक क्षमता कमजोर भयो र फलस्वरूप, जुका थप फैलन पायो । यो हाइपर इन्फेक्सन यति खराब भयो कि बिरामीको छाला मुनी लार्भा हिँडिरहेको मज्जाले देखियो । 

यस्तो खालको हाइपर इन्फेक्सन मानिसका लागि घातक हुनसक्छ तर डाक्टरले यी व्यक्तिको जीवन बचाउन सके । 

‘एन्टी प्यारासाइटिक औषधीको सहयोगले बिरामीको शरीरमा देखिएको रातो धब्बा र झाडा रोकिएको छ, उनको स्वास्थ्य स्थिति सुधारोन्मुख छ,’ अस्पतालका प्रवक्ताले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप