सेती नदीमा बेपत्ता भएकाको शव १३ दिनपछि फेला
बुधबार, २२ चैत २०७९, २१ : १४
काठमाडौँ । गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखराकै के.आई. सिंह पुलबाट मंगलबारदेखि स्थानीय अल्का गुरुङ्ग समेत बेपत्ता भएकामा नम्बर २४ कालिका गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले खोज्ने क्रममा विश्वको शव १३ दिनपछि फेला परेको हो ।
अल्का गुरुङ्गको भने खोजीकार्य जारी रहेका सशस्त्र प्रहरीको भनाइ छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण