मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सेती नदीमा बेपत्ता भएकाको शव १३ दिनपछि फेला

बुधबार, २२ चैत २०७९, २१ : १४
बुधबार, २२ चैत २०७९

काठमाडौँ । गत माघ ९ गतेदेखि सेती नदीमा हाम फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्व बहादुर गुरुङ्गको बुधबार फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । 

पोखराकै के.आई. सिंह पुलबाट मंगलबारदेखि स्थानीय अल्का गुरुङ्ग समेत बेपत्ता भएकामा नम्बर २४ कालिका  गण मालेपाटन पोखराबाट गएको गोताखोरसहितको टोलीले खोज्ने क्रममा विश्वको शव १३ दिनपछि फेला परेको हो ।

अल्का गुरुङ्गको भने खोजीकार्य जारी रहेका सशस्त्र प्रहरीको भनाइ छ । गुरुङको शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप