मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

श्रीदेवीका प्रशंसक यी निर्देशक, जसले भन्छन्, ‘मेरो जन्मदिन मृत्युको दिन हो’

शुक्रबार, २४ चैत २०७९, ०९ : ०२
शुक्रबार, २४ चैत २०७९

हुन त बलिउडमा थुप्रै निर्देशक छन् तर राम गोपालको पहिचान बेग्लै छ । ‘रंगीला’, ‘सत्या’, ‘कंपनी’ जस्ता चर्चित फिल्म बनाउने ‘रामु’ ती व्यक्तिमध्ये एक हुन् जसले दक्षिण फिल्म इन्डष्ट्रिबाट आएर बलिउडमा आफ्नो भिन्न पहिचान बनाए । राम गोपाल वर्माले आफ्नो करियरमा थुप्रै उत्कृष्ट फिल्म दिए र थुप्रै विवादमा पनि फसे । यद्यपि, एक चिज उनको कहिल्यै फेरिएन, त्यो हो फिल्मका लागि उनको प्रेम । फिल्मका साथै फिल्म इन्डष्ट्रिकी सुन्दर अभिनेत्री श्रीदेवीलाई उनी प्रेम गर्दथे । आज उनको जन्मदिनमा हामी श्रीदेवीका लागि उनको प्रेमबारे कुराकानी गरौँ ।

श्रीदेवीका प्रशंसक राम गोपाल वर्मा

थुप्रै पटक राम गोपाल वर्माले श्रीदेवीका लागि आफ्नो प्रेमबारे चर्चा गरिसकेका छन् । उनले आफू श्रीदेवीलाई मनैदेखि इज्जत गर्ने गरेको बताएका थिए । एक अन्तरवार्तामा निर्देशकले श्रीदेवीको फिल्म ‘पदाहारेल्ला वायासु’ हेरेपछि आफू उनको प्रशंसक भएको बताएका थिए । त्यसपछि उनले नायिकाको सबै फिल्म हेर्न सुरु गरेको पनि उनले बताए । जीवनमा एक पटक श्रीदेवीसँग काम गर्ने मौका मिलोस् भन्ने उनी चाहन्थे । उनको यो सपना सन् १९९१ मा रिलिज भएको फिल्म Padaharella Vayasu मार्फत् पूरा भयो । यद्यपि, यसका लागि उनले एक खालको तपस्या नै गर्नुपरेको राम गोपाल वर्माले बताए । 

घर बाहिर प्रतीक्षा गर्थे

राम गोपाल वर्मा यो उद्योगको हिस्सा नहुँदादेखि नै श्रीदेवीलाई मन पराउँथे । उनी एक पटक श्रीदेवीलाई भेट्न मात्रै चाहन्थे । त्यसैले उनी नायिकाको फिल्म हेर्नुका साथै उनको घर बाहिर घण्टौँ कुरेर बस्थे । रामु, श्रीदेवीको एक झलक पाउनका लागि मात्रै पनि उनको घर बाहिर कुरेर बस्थे । उनको फिल्म हेर्नका लागि घण्टौँ सिनेमा घरको टिकटको लाइनमा उभिन्थे । उनले एक अन्तरवार्तामा भनेका थिए, ‘श्रीदेवीको घर बाहिर उभिँदा म यो सोच्थेँ कि यो देवी जस्ती युवती मानिसले बनाएको घरमा कसरी बस्न सक्छिन् ?’

निर्देशक राम गोपाल वर्माको पहिलो फिल्म ‘शिवा’ थियो । यसमा उनले कसैगरी सुपरस्टार नागार्जुनलाई आफ्नो फिल्ममा काम गर्न फकाए । यो फिल्म हिट भएपछि एक निर्माताले रामुलाई ‘श्रीदेवीसँग काम गर्न मन पर्छ ?’ भनेर सोधेका थिए । सुरुमा यो कुरामा उनलाई विश्वास नै भएन । त्यसपछि यो पल पनि आयो जब राम गोपाल वर्माले आफ्नो मन पर्ने नायिकालाई भेट्न पहिलो मौका पनि पाए ।

कसरी भयो श्रीदेवीसँग पहिलो भेट ?

रामुका अनुसार उनी चेन्नईमा श्रीदेवीको घर गएका थिए । उनी त्यही घरमा थिए जहाँ बाहिर घण्टौँ उभिएर ‘भित्र जाँदा कस्तो महसुस होला ?’ भनेर सोच्ने गर्थे । घरमा बिजुलीको समस्याका कारण मैनबत्तीको उज्यालोमा उनको भेट श्रीदेवीसँग भएको थियो । श्रीदेवी मुम्बई जाने तयारीमा थिइन् । यस्तोमा उनले केही बेर राम गोपाल वर्मासँग कुराकानी गरिन् र फिल्मका लागि स्वीकारोक्ति दिइन् । त्यसपछि उनी मुम्बई गइन् । यो पहिलो भेट निर्देशकका लागि अविस्मरणीय बन्यो । 

सन् २०१८ मा श्रीदेवीको अचानक मृत्युपछि राम गोपाल वर्मालाई निकै झट्का लागेको थियो । उनले नायिकाका श्रीमान् बोनी कपुरमाथि विभिन्न आरोप लगाए । साथै, श्रीदेवीको नाममा उनले एक खुला पत्र पनि लेखेकी थिइन् । आज पनि राम गोपालको मनमा श्रीदेवीका लागि प्रेम जिउँदो छ । 

राम गोपाल वर्माको विवादसँग नाता समयसँगै बढ्दै गइरहेको छ । विवादित ट्विटका साथै अडल्ट स्टारसँग फिल्म बनाउने र आफ्नी नायिकाको खुट्टा चाट्नेसम्म विभिन्न अचम्मको व्यवहार राम गोपाल वर्माले गरिसकेका छन्  । यति मात्रै होइन, आफ्नो जन्मदिनलाई मृत्युको दिन पनि बताइसकेका छन् । सन् २०२१ मा आफ्नो जन्मदिनमा उनले ट्विट गरेका थिए – यो मेरो जन्मदिन नभई मृत्युको दिन हो किनभने मेरो जीवनमा अर्को एक वर्ष यस वर्ष मरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप