आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आकांक्षा दुबे आत्महत्या प्रकरणका अभियुक्त समर सिंह पक्राउ

शुक्रबार, २४ चैत २०७९, ११ : ४५
शुक्रबार, २४ चैत २०७९

भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको मामिलामा प्रहरीले थुप्रै दिनदेखि फरार अभियुक्त समर सिंहलाई गाजियाबादबाट पक्राउ गरेको छ । 

समर सिंहलाई शुक्रवार गाजियाबादको अदालतमा पेस गरिनेछ । त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर उनलाई वाराणसी लगिनेछ ।

२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटेलमा भेटिएको थियो । आकांक्षा दुबे कथित रूपमा एक फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् । 

आकांक्षाको मृत्युपछि उनकी आमाको उजुरीको आधारमा वाराणसीका सारनाथ थानामा एक मुद्दा दर्ता गरिएको छ । 

यसमा उनकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी ‘छोरीलाई मारेको’ आरोप लगाएकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप