आकांक्षा दुबे आत्महत्या प्रकरणका अभियुक्त समर सिंह पक्राउ
शुक्रबार, २४ चैत २०७९, ११ : ४५
भोजपुरी अभिनेत्री आकांक्षा दुबेको मृत्युको मामिलामा प्रहरीले थुप्रै दिनदेखि फरार अभियुक्त समर सिंहलाई गाजियाबादबाट पक्राउ गरेको छ ।
समर सिंहलाई शुक्रवार गाजियाबादको अदालतमा पेस गरिनेछ । त्यहाँबाट ट्रान्जिट रिमान्ड लिएर उनलाई वाराणसी लगिनेछ ।
२६ मार्चमा आकांक्षा दुबेको शव वाराणसीको एक होटेलमा भेटिएको थियो । आकांक्षा दुबे कथित रूपमा एक फिल्मको सुटिङका लागि वाराणसी गएकी थिइन् ।
आकांक्षाको मृत्युपछि उनकी आमाको उजुरीको आधारमा वाराणसीका सारनाथ थानामा एक मुद्दा दर्ता गरिएको छ ।
यसमा उनकी आमा मधु दुबेले भोजपुरी गायक समर सिंह र उनका भाइ सञ्जय सिंहमाथि आफ्नी ‘छोरीलाई मारेको’ आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण