एयर इन्डियाका चालक दलका सदस्यसँग झगडा गर्न थाले यात्री, लन्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
एयर इन्डियाको अर्को एउटा विमानमा यात्रुको दुर्व्यवहारको खबर बाहिर आएको छ । समाचार एजेन्सी एएनआईले एयर इन्डियालाई उद्धृत गर्दै दिल्लीबाट लन्डनका लागि उडान भरेको केही समयपछि फर्किनुपर्ने बताएको छ ।
एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले चालक दलका सदस्यहरूसँग झगडा गर्न थालेको बताएको छ ।
अधिकारीका अनुसार यात्रुलाई उनको व्यवहारबारे चेतावनी पनि दिइएको थियो तर उनले सुनेनन् । एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले क्याबिन क्रुका दुई सदस्यहरूलाई शारीरिक चोट पनि पुर्याएको जानकारी दिएको छ ।
यसै कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो । एयर इन्डियाका अधिकारीहरूलाई उद्धृत गर्दै यस विषयमा दिल्ली एयरपोर्ट पुलिसमा उजुरी दर्ता गरिएको बताइएको छ ।
यात्रुको थप विवरण भने आइसकेको छैन । यसअघि पनि एयर इन्डियामा यात्रुसँग दुर्व्यवहारको गुनासो आएको थियो । केही दिन अघि एक यात्रुले सहयात्रीमा पिसाब फेरिदिएका थिए । यो विषय निरन्तर चर्चामा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण