‘अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास भयो’
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठककाे आकस्मिक समयमा बोल्दै उनले नेपालले कुनै पनि विखण्डन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताए ।
‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उनले भने, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’
उनले नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले यसले आफ्नो आत्मनिर्णयको अधिकार आफैं प्रयोग गर्ने बताए । ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ । उदाहरणका लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो ।’
साथै उनले नेपालको कानुनले बाह्य देशका सुरक्षाकर्मी बलजफ्ती पस्ने कुरा उपयुक्त नहुने भन्दै यसबारे नेपाल सरकारले नेपाली जनता र संसदलाई जानकरी गराउनुपर्ने बताए । ‘त्यतिमात्र होइन, पटकपटक खुला सीमानाको दुरुपयोग गरेर यता अपराध गरेर उता जाने र उता अपराध गरेर यता आउने लामो समयदेखि यस्तो प्रक्रिया चलिरहेकोले खुला सीमाना तस्करी र अपराधको अखडा हुने हुँदा नियन्त्रण गर्न र बाह्य सुरक्षाकर्मी नेपाल आउनेबारे सरकारले के सोचिरहेको छ ?’, पन्तको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण