चीनको सांघाईमा ब्याट्री फ्याक्ट्री खोल्दै टेस्ला
काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले चीनको सांघाईमा ब्याट्री फ्याक्ट्री स्थापना गर्ने भएको छ । विश्वका दोस्रो धनाड्य एलन मस्कको कम्पनीले विश्वभरको ब्याट्री माग धान्न चीनमा ‘मेगा–फ्याक्ट्र’ स्थापना गर्न लागेको जनाएको हो ।
चीनमा स्थापना गर्ने भनिएको प्लान्टले प्रतिवर्ष १० हजार युनिट ‘मेगाप्याक’ ब्याट्री उत्पादन गर्ने क्षमता छ । यो ब्याट्रीले ऊर्जालाई स्टोरेज समेत गर्न सक्छ र यो धेरै ठूलो हुनेछ । जसले उच्च क्षमतामा ऊर्जाको स्टोरेज गर्न सक्छ ।
टेस्लाले यसअघि नै अमेरिकाको क्यालिफोर्नियामा मेगाप्याक फ्याक्ट्री सञ्चालनमा ल्याइसकेको छ । जसले वार्षिक १० हजार युनिट मेगाप्याक ब्याट्री उत्पादन गर्छ । मस्कले चीनमा खुल्ने मेगाफ्याक्ट्रीले कम्पनीको उत्पादनलाई थप मजबुत पार्ने बताए ।
कम्पनीले यही वर्षको अन्त्यदेखि फ्याक्ट्री स्थापनाको काम थाल्नेछ । र, यसले सन् २०२४ देखि उत्पादन थाल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण