गठे संस्कृतिले देशलाई ओरालो लगायो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठे संस्कृतिले देशलाई ओरालो लगाएको बएका छन् ।
सोमबार नेपालगञ्जमा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृतिले विकृति ल्याएको बताएका हुन् ।
‘आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ । यसमा कतिपय विकृति विसंगतिहरु छन्, गठे संस्कृति । यो गठबन्धनको संस्कृति’, ओलीले भने, ‘राजनीति छैन, विचार छैन जसरी भएपनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कूकर्म गर्नुपर्ने खालको स्थिति बनाएको छ ।’
यस्तै समस्या र संस्कृतिले देशलाई ओरालो लगाएको ओलीको भनाइ छ । ‘यसले देशलाई ओरालो लगाएको छ । तर फेरि देशलाई ओरालो लाग्नबाट रोकेर अगाडि बढाउन सकिन्छ । देशलाई सही बाटोमा लैजान सकिन्छ भन्ने कुरा म प्रधानमन्त्री भएको छोटो अवधिमा देखिएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको दावी छ । ओलीले युवाहरुलाई ४० वर्ष उमेर कटेपछि पनि युवासंघमै बस्ने र इतिहास छ भनेर गर्व तथा रहर नगर्न र भविष्यको राजनीतिक बाटो बनाउन निर्देशन समेत दिए । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण