ढाकाकुमार श्रेष्ठले बुझाए स्पष्टीकरण, मंगलबार नै सुझाव बुझाउने समितिको तयारी
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठले पार्टीसमक्ष आफ्नो स्पष्टीकरण बुझाएका छन् । पार्टीले श्रेष्ठलाई आइतबार २४ घण्टाभित्र यसबारेमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो ।
साढे ३ बजेभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा डा.श्रेष्ठले ढिला गरी पार्टीको अनुशासन समितिसमक्ष बुझाएका थिए । समितिका संयोजक भरतमणि देवकोटाका अनुसार साँझ पार्टीको ताकेतापछि करिब ७ बजे श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका हुन् । देवकोटाका अनुसार श्रेष्ठले स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका छन् । त्यस्तै, उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।
देवकोटाले भोलि बिहान ११ बजे अनुशासन समितिको बैठक बसेर यसबारे छलफल हुने रातोपाटीलाई बताए । उनले सकेसम्म भोलि नै यसबारे आवश्यक निर्णय गरिने पनि बताए । ‘पार्टीले ७२ घण्टाको समय दिएको छ । तर हामी भोलि नै हाम्रो सुझाव पार्टीलाई बुझाउने प्रयास गर्नेछौँ,’ उनले भने ।
विधानअनुसार अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाव मात्र दिने उनले बताए । समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै भएको देवकोटाको भनाई छ । अनुशासन समितिमा हाल ४ जना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण