सांसदको अडियो प्रकरणमा रविको कोर टिममाथि छानबिन हुनुपर्छ : धनराज गुरुङ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको अडियो प्रकरणबारे संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई पैसा बुझाउन पर्ने भनेकाले त्यो टिममाथि छानबिन गर्नुपर्ने बताए ।
‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । योभन्दा लज्जाबोध के हुन सक्छ ?,’ उनी भन्छन्, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई पैसा बुझाउनुपर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ?
उपसभापति गुरुङले अगाडि भने, ‘त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो सदन चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सांसद श्रेष्ठमाथि छानबिन भइरहेको जानकारी दिएपछि गुरुङले घूस प्रकरणमा पार्टीले नै छानबिन गर्न लागेको भनेर कटाक्ष गरे । उनले भने, ‘दूधको साक्षी बिरालो बसेको पनि यही सुन्दैछु । योभन्दा विडम्बना के हुन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण