राखी सावन्तलाई जबरजस्ती चुम्बन गर्दा परेको मुद्दा रद्द गर्नुपर्यो भन्दै अदालत पुगे मिका सिंह
गायक मिका सिंहले राखी सावन्तले दर्ता गरेको दुर्व्यवहारको उजुरी खारेज गर्न मुम्बई उच्च अदालत पुगेका छन् । मिकाका वकिलले आफू र राखीबीच मेलमिलाप भएकोले अब मुद्दा रद्द गर्न चाहेको बताए ।
अर्कोतर्फ राखीका वकिलले आफू पनि यो मामिला मिलाउन चाहेको भन्दै त्यसका लागि शपथ पत्र तयार गरेको बताउँछन् । तर, अहिले उक्त शपथ पत्र उच्च अदालतको रजिस्ट्री विभागमा कतै हराएको छ । अदालतले राखीले अर्को साताभित्र नयाँ शपथ पत्र तयार गर्नुपर्ने आदेश दिएको छ ताकि थप प्रक्रिया पूरा गर्न सकियोस् ।
‘अहिले एफआइआर खारेज गर्न कुनै समस्या छैन’
राखीका वकिल आयुष पासबोलाले न्यायाधीश एएस गडकरी र पीडी नाइकको बेन्चको अगाडि भने, ‘उनी (राखी) आफ्नो व्यावसायिक काममा व्यस्त छिन्, तर दुवैले यो विवाद समाधान गरेका छन् । त्यसैले उनले दर्ता गरेको एफआईआर खारेज गर्न कुनै समस्या छैन ।’
‘कुरा १७ वर्ष पुरानो हो, अहिले दुवै साथी हुन्’
अर्कोतर्फ, मिका सिंहका वकिल फाल्गुनी ब्रह्मभाटले यो विषय १७ वर्षदेखि अलमलमा रहेको बताउँछिन् । मिका विरुद्ध चार्जशीट पनि दायर गरिएको छ, तर आरोप तय हुन बाँकी छ । यद्यपि, अहिले यी दुई साथी बनिसकेका छन् र समस्या समाधान गरिसकेका छन् ।’
राखीलाई सन् २००६ मा मिका सिंहले जबरजस्ती चुम्बन गरेका थिए
सन् २००६ मा मिका सिंहले राखीलाई उनको जन्मदिनमा सार्वजनिक रूपमा किस गरेका थिए । यो घटनालाई लिएर निकै हङ्गामा भएको थियो । राखीको उजुरीमा, मिकामाथि मुद्दा दर्ता गरिएको थियो । यो घटनापछि मिका बेपत्ता भएका थिए । पछि उनी पक्राउ परे र जमानतमा रिहा भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण