सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, तोकियो मिति

मङ्गलबार, २८ चैत २०७९, ११ : ५०
मङ्गलबार, २८ चैत २०७९

बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो । 

१० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे । ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आयो । फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको रूपमा दिएका छन् । ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा हत्या गरिदिने बताए । मुम्बई प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप