सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण गर्ने सहमति
काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कोशी अस्पतालबीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सहमति भएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा रबिना राज सिंहले संयुक्त रुपमा हस्ताक्षर गरी मिर्गौला प्रत्यारोपणका लागि सहमति जनाएका हुन् ।
उनीहरुबीच मस्तिष्क मृत्यु पश्चात् हुने अंगदान र अंग प्रत्यारोपण गर्ने पनि सहमति भएको छ । प्रत्यारोपण सेवा सुरु गर्नको लागि भौतिक पूर्वाधार निमार्ण गर्ने र कोशी अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धिका लागि तालिममा पठाउने सहमति भएको छ ।
केन्द्रको पहलमा यसअघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ ।
सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि केन्द्रले सेती प्रादेशिक अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालसँग पनि सहमति गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण