मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजबाट सामान किन्दा १० प्रतिशत छुट

मङ्गलबार, २८ चैत २०७९, २१ : १४
मङ्गलबार, २८ चैत २०७९

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।  

यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको ८ देखि १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले ८ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले  १० प्रतिशत वा १,००० रुपैयाँसम्म छुट पाउनेछन् । 

छुट पाउनका लागि प्रयोगकर्ताहरूले दराज ए्पबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एक जनाले एक चोटि मात्र छुट पाउनेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप