मध्यपहाडी लोकमार्ग : डाँडाकाँडामा होटल, होमस्टे र उद्योग (तस्बिरहरू )
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६५ फागुन २६ मा अनुमोदन गरेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)ले पहाडी डाँडाकाँडाका बस्तीमा परिवर्तन ल्याएको छ । बसाई सर्ने र पहाडका जमिनहरू बाँझो रहने परिपाटी अहिले पनि कायम छ । तर, यही राजमार्गले छोएका कतिपय स्थानमा भने सर्वसाधारणले होटल, होमस्टे र चिया उद्योग चलाएर उन्नत जीवन यापन गरिरहेका छन् ।
त्यतिमात्रै होइन, सडकको पहुँचका कारण त्यहाँ करोडौँको लगानीमा रिसोर्ट र होटलहरु खुल्ने क्रम पनि सुरु भएको छ । यही सडकले भेट्ने ट्याम्के मैयुँ गाउँपालिका वडा नम्बर ४, चखेवामा गोठेसिंह होमस्टे सञ्चालित छ । प्रकाश राईले ३ वर्ष अगाडिदेखि आधिकारिक रूपमा उक्त होमस्टे दर्ता गरेर चलाएका हुन् । उनलाई ग्राहकको खाँचो छैन । उक्त ठाउँ उनको पुर्ख्यौली थलो हो ।
_qSvPI4rsZM.jpg)
‘यो ठाउँ पहिले वस्तु पाल्ने चौर थियो,’ प्रकाश सुनाउँछन् । उनका हजुरबुबा गोठेसिंहले धेरै वस्तु पालेका थिए । पछिल्लो पटक प्रकाश आफैँ पैसा कमाउन भन्दै अरबतिर गए । तर, पैसा कमाउन सकेनन् । ‘अरबतिर पनि गइयो आइयो, प्लेन मात्रै चढियो, केही गर्न नसकेपछि अहिले यस्तो थालियो,’ उनी भन्छन् ।
_t2r4bKEhtG.jpg)
उनले अहिले हजुरबुबाकै नामबाट होमस्टे चलाएका हुन् । ‘होमस्टेमा मात्रै लगानी डेढ करोड भयो,’ उनी सुनाउँछन्, ‘सिजनमा त मैले थेग्न पनि सक्दिनँ । हिउँ झरेको समय, चैत–वैशाखको समय र असोज–कार्तिकको समयमा मानिसको चाप धेरै हुन्छ । असोज–कार्तिकमा चाहिँ विदेशी पर्यटकहरू पनि आउँछन् ।’
_fU53yCNqGp.jpg)
कुनै विशेष दिनमा त दैनिक ५–६ सयसम्म मानिसको व्यवस्थापन गरेको उनी सुनाउँछन् । सिजन नहुँदा पनि मानिसको आउने जाने क्रम शून्य हुँदैन । दैनिक २५ जनासम्मलाई राति बस्न सक्ने व्यवस्था छ । भारतको सिक्किमतिरबाट पनि मानिस त्यहाँ पुग्छन् । तिब्बतीहरू पनि जान्छन् ।
समस्याचाहिँ त्यहाँ काम गर्ने जनशक्तिको अभाव हो । त्यही भएर ७४ वर्षीय आमा भीमकुमारी राई, श्रीमती समीक्षा राई आफैँ पाहुनाको स्वागतमा खट्ने गरेको प्रकाश सुनाउँछन् ।
_2IWB4chGx7.jpg)
मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) बनेपछि नै होमस्टे सञ्चालनमा ल्याएको उनले बताए । कृषि पेसा नै गर्छु भन्ने सोचेका उनलाई सडक बनेपछि विकल्प खुलेको हो । सडक बनेसँगै पाहुनाको रूपमा मानिसहरू आउने जाने गर्न थाले । त्यसपछि उनले होमस्टे नै चलाउने सोचेर लगानी गरे ।
सिजनमा महिनामा दुई लाखसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । उनको बाहेक त्यस क्षेत्रमा सामुदायिक होमस्टे र होटल पनि छन् । उनकै होमस्टे नजिकै कम्फरटेबल होमस्टे पनि छ । त्यहाँ पनि दर्जनभन्दा धेरै मानिस अटाउन सक्छन् ।
_xlZX2xW4o9.jpg)
ट्याम्के मैंयु ४ नम्बर वडा, चखेवामै नमूना होटल एण्ड लज पनि सञ्चालित छ । त्यहाँ होटल खोलेको १३ वर्ष भयो । मध्यपहाडी लोकमार्ग निर्माण भएपछि भने उक्त लजमा मान्छेको आउजाउ कुनै दिन टुटेको छैन । होटल व्यवसायबाटै आफ्नो परिवार पालिएको होटल सञ्चालक सुशीला राई बताउँछिन् ।
होटल र होमस्टेमात्रै होइन, सो स्थानमा झापाका रञ्जित गिरीले रिसोर्ट एण्ड फन पार्क निर्माण गरिरहेका छन् । १ करोडको लागत अनुमानमा निर्माण भइरहेको रिसोर्टको उद्घाटन नयाँ वर्षको वैशाख महिनाभरमा गरिसक्ने उनको तयारी छ । उनै गिरीले त्यस क्षेत्रमा चिया उद्योग पनि खोलेका छन् । भोजपुरको चिया उद्योगको इतिहास नै आफ्नो उद्योगबाट सुरु हुने उनको दाबी छ ।
_SEv5P5YfHR.jpg)
२ करोडभन्दा बढी चिया क्षेत्रमा लगानी गरिसकेका उनले केही समयपछि पानी उद्योग पनि खोल्ने योजना बनाएका छन् । ‘हामीले चियामा २ करोडजति लगानी गरेका छौँ । ८० लाखदेखि १ करोडसम्मको रिसोर्ट केही दिनमा सञ्चालनमा आउँदैछ’, उनले भने, ‘अर्को टार्गेट भनेको स्प्रिङ वाटरको हो । झरनाको पानीलाई ब्राण्डिङ गरेर काठमाडौँ र विदेश निर्यात गर्ने मेरो सपना छ ।’
_Ycaq7Z58Wg.jpg)
यो सबै योजना पुष्पलाल मार्गकै कारण पूरा हुने तरखरमा रहेको उनको भनाइ छ । मध्यपहाडी लोकमार्ग नेपाल पूर्वदेखि पश्चिमसम्मका मध्य पहाडी जिल्ला जोड्ने राजमार्ग हो । यो राजमार्ग पाँचथरको चियोभञ्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटसम्म १८७९ किलोमिटर लामो छ ।
नेपालका पहाडी जिल्लाको आवागमन सहज गरी त्यहाँको विकासमा तीव्रता ल्याउने उद्देश्यले मध्यपहाडी लोकमार्गको अवधारणा ल्याइएको हो । यो राजमार्ग निर्माणसँगै त्यस क्षेत्रको व्यापार व्यवसाय समुन्नतको अवसर मिल्ने अपेक्षा सरकारको छ । यही राजमार्गका विभिन्न १० स्थानमा आधुनिक १० सहरको विकास गर्ने सरकारको भावी योजना छ ।
_5U9IIwbDjv.jpg)
_br3IgqupnC.jpg)
_PY9PWvTt3h.jpg)
_MUblsx3ddg.jpg)
_x2nl2u0tED.jpg)
_EijGxCQyVo.jpg)
_hrF4Zet4uW.jpg)
_xfB7CRh4KH.jpg)
_aRQFStPJZP.jpg)
_6DkWpDAagY.jpg)
_KbFgQaxjEZ.jpg)
_rxJik7lvOV.jpg)
_FIIteT0wn6.jpg)
_VIgXlHvKha.jpg)
_GmcRDeDk5I.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण