लागुऔषध सहित तनहुँबाट युवक पक्राउ
बुधबार, २९ चैत २०७९, १० : २०
-_dLn2Zbr5CI.jpg)
तनहुँ । तनहुँको आँबुखैरेनीबाट प्रहरीले लागु औषध सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–९ बुच्चाखानी घर भएका २२ वर्षीय बिबश गुरुङ छन् । मंगलबार पक्राउ परेका गुरुको साथबाट ६७५ ट्याब्लेट नाइट्राभेट बरामद गरिएको आँबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले जानकारी दिए ।
मुग्लिङ तर्फबाट आबुखैरेनी आउँदै गरेको ग.१ ख १९४६ नम्बरको बसलाई चेकजाँच गर्दा गुरुङको साथमा लागुऔषध भेटिएको थियो । आरोपी विरुद्ध लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार म्याद लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीले अनुसन्धान गरिरहेको छ ।