बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट

बुधबार, २९ चैत २०७९, ११ : २३
बुधबार, २९ चैत २०७९

रोल्पा । रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले  परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार पाँच सय अफिमका बोट नष्ट गरेको हो । 
अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको  टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् ।

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन–४ जैरेनी र तातापानी  तथा  परिवर्तन–५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ । उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप