१४० भन्दा बढी स्थानमा डढेलो लाग्दा ह्वात्तै बढ्यो प्रदूषण, विशेष सावधानी अपनाउन अपिल

काठमाडौँ । बारा, पर्सा, चितवन लगायत देशभर १४० भन्दा बढी स्थानमा लागेको डढेलो र प्रदूषणका स्थानीय स्रोतका कारण काठमाडौँ उपत्यका र देशका मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर अत्याधिक रुपमा बढेको छ ।
वातावरण विभागका अनुसार बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ ।
प्रदूषणको बढ्दो स्तरका कारण स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै विभागले विशेष सावधानी अपनाउन भनेको छ ।
अझ विशेष गरी बालबालिका, वृद्ध वृद्धा एवं श्वासप्रश्वास सम्बन्धी बिरामी र मुटुका बिरामीहरू बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै सबै नागरिकले घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन विभागले अपिल गरेको छ ।
साथै विभागले वन डढेलो नियन्त्रणको लागि सरोकारवाला निकायहरुसँग हातेमालो गर्न आम समुदायलाई अपिल पनि गरेको छ ।
‘फोहोरजन्य वस्तु बाल्दा वायु प्रदूषण झनै बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन अनुरोध गरिन्छ’, विभागले भनेको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने र डढेलोको अवस्था यस्तै भइरहेमा उच्च प्रदूषणको जोखिम रहिरहने हुनाले विशेष सावधानी अपनाउनु हुन आम सर्वसाधारण सबैमा हार्दिक अनुरोध गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला
-
राष्ट्रिय प्राथमिकतालाई लत्त्याएर प्रधानमन्त्री र मन्त्रीको क्षेत्र केन्द्रित बजेट ल्याइयो : सांसद खान
-
पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (तस्बिरहरू)
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
सीएसआईटीका विद्यार्थीले भोगिरहेको समस्या समाधान गर्न माग