भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । महाकाली नदीको बालुवा, गिट्टी, ढुंगा र ग्राभेलको ठेक्कामा ठेकेदारसँग मिलेर आरोपीहरुले ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
आर्थिक वर्ष २०७९–०८० मा बोलपत्र आह्वान गर्दा न्युनतम दरलाई नजरअन्दाज गरेर भट्ट र उपाध्यायले १ करोड ९५ लाख ७२ हजार राजस्व चुहावट गरेको आयोगको अनुसन्धानबाट थाहा भएको छ । बैंक जमानत पनि नलिई ठेक्का संझौतामा हस्ताक्षर गरेको भन्दै आयोगले उनीहरुलाई ३ करोड ४७ लाख बिगो मागदावी लिएको छ ।
आयोगले भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नासु विष्णु देव भट्ट र लेखापाल दिपेन्द्र चौधरीविरुद्ध १ करोड ९५ लाख बिगो मागदावी लिएको छ ।
ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी दिवाकर भट्ट र ईश्वरी भट्टको पत्नी खगेश्वरी भट्टलाई पनि आयोगले विपक्षी बनाएको छ । ठेकेदार कम्पनीका संचालकहरु बिरुद्ध आयोगले ५ करोड ४३ लाख मागदावी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित