शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ऐश्वर्या राय गर्भवती भएपछि जब बलिउडमा हङ्गामा मच्चियो, ससुरा अमिताभले यसरी गरेका थिए बचाउ

बिहीबार, ३० चैत २०७९, १४ : १८
बिहीबार, ३० चैत २०७९

जसरी ऐश्वर्या रायको अभिषेक बच्चनसँगको विवाहले सबैलाई चकित बनाएको थियो, त्यसै गरी अभिनेत्रीको अचानक गर्भावस्थाको खबरले सबैलाई चकित बनाएको थियो । किनभने ऐश्वर्यालाई मधुर भण्डारकरले आफ्नो फिल्म ‘हिरोइन’ मा साइन गरेका थिए । तर अभिनेत्रीले गर्भावस्थाका कारण फिल्म बिचमै छाडिदिइन् । यो विषयलाई लिएर निकै हङ्गामा भयो । मधुर भण्डारकरले पनि यसका लागि लामो पोस्टमा आक्रोश व्यक्त गरेका थिए । ऐश्वर्याको गर्भावस्थालाई लिएर विभिन्न कुराहरू बने । उद्योगमा धेरैले ऐश्वर्या राईमाथि औँलासमेत उठाए । यो देखेर ससुरा अमिताभ बच्चन रिसाए र उनले बुहारीको बचाउ गरे । यही पुरानो कुरालाई आज खोतलौँ । 

सन् २०११ को मामला, फिल्म थियो ‘हिरोइन’

यो सन् २०११ को कुरा हो । त्यति बेला मधुर भण्डारकरले ऐश्वर्यालाई ‘हिरोइन’का लागि साइन गरे । त्यस वर्ष पनि कान्स फिल्म फेस्टिभलमा मधुरले ऐश्वर्यालाई हिरोइनको रूपमा प्रस्तुत गरेका थिए । तर, ६५ दिनको सुटिङपछि ऐश्वर्याले अचानक फिल्म छाडिन् र आफू गर्भवती भएको बताइन् । जसका कारण मधुर रिसाए । त्यसपछि उनले एक विज्ञप्ति जारी गर्दै ऐश्वर्याले आफ्नो स्वास्थ्य र सम्पूर्ण अवस्थाबारे पहिल्यै जानकारी गराएको भए यस्तो अवस्था नआउने बताएका थिए ।

मधुर भण्डारकरले ऐश्वर्यालाई निशाना बनाए

मधुरका अनुसार उनीबाट सत्य लुकाइएको थियो । उनले भने, ‘मैले न्युज च्यानल र अन्य व्यक्तिहरूबाट ऐश्वर्या ४ महिनाको गर्भवती भएको थाहा पाएँ । उनले यसरी एक्कासि फिल्म छोडिदिँदा म डिप्रेसनमा गएँ । आफूमाथि पहाड खसेको अनुभूति भयो ।’

 मधुर भण्डारकरले ऐश्वर्याले फिल्म छोड्दा ६५ दिनको सुटिङ बाँकी रहेको बताए । मधुर भण्डारकरले ऐश्वर्याका कारण आफूलाई धेरै दुःख भएको बताएका थिए ।

आक्रोशित अमिताभ बच्चनले जवाफ दिए

जब मधुर भण्डारकरले यस्ता कुराहरू भने, तब ऐश्वर्याका लागि उद्योगमा धेरै कुराहरू हुन थाले । त्यसपछि ससुरा अमिताभ बच्चनले ऐश्वर्याको पक्षमा अडान लिए र उचित जवाफ दिए । ‘डिएनए’सँगको कुराकानीमा अमिताभ बच्चनले भने, ‘सबैलाई थाहा थियो कि ऐश्वर्याले फिल्म साइन गर्दा उनी विवाहित थिइन् । त्यसो भए कलाकारहरूले विवाह गर्न सक्दैनन् भन्न खोज्दै हुनुहुन्छ ? बच्चा जन्माउन सक्दैनन् ? मलाई लाग्दैन कि यो कुनै पनि सम्झौताको अंश हुन सक्छ कि यदि तपार्इं कुनै परियोजनामा काम गर्दै हुनुहुन्छ भने, तपार्इं विवाह गर्न वा बच्चा जन्माउन सक्नुहुन्न । ऐश्वर्या, मधुर भण्डारकर र निर्माता बीच के भयो त्यो उनीहरूलाई थाहा होला, यो उनीहरू बीचको कुरा हो । मलाई थाहा छ कि यी अफवाहहरूमा कुनै सत्यता छैन । सत्य तथ्य छिट्टै बाहिर आउनेछ ।’

ऐश्वर्या सन् २०११ मा आमा बनिन्, २०१२ मा ‘हिरोइन’ रिलिज भयो

ऐश्वर्या रायले १६ नोभेम्बर २०११ मा छोरी आराध्यालाई जन्म दिइन् भने मधुर भण्डारकरको ‘हिरोइन’ २१ सेप्टेम्बर २०१२ मा रिलिज भएको थियो । फिल्म चलेन तर करिना कपुरको अभिनयलाई मन पराइयो । आराध्याको जन्मपछि ऐश्वर्याले केही वर्षको लागि अभिनयबाट ब्रेक लिइन् र त्यसपछि कमब्याक गरिन् । कमब्याकपछि ऐश्वर्याले ‘जज्बा’, ‘ए दिल है मुश्किल’, ‘फन्ने खान’ र ‘पोन्नियाँ सेल्वन पार्ट १’ जस्ता फिल्म गरिन् । अब छिट्टै उनी फिल्म ‘पोनियिन सेल्भान पार्ट २’ मा देखिनेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप