नागरिकमा छटपटाहट, दिग्दारी र आक्रोश देखियो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए । उनले मानिसहरूको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताए ।
महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए । उनले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताए ।
महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताए ।
महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ सङ्गठनहरूको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध
-
अमेरिकाकाे चेतावनी : युद्ध नरोके व्यापारमा सघाउँदैनौँ
-
खानेपानी मन्त्री भन्छन्, ‘जनताले महसुस गर्ने गरी काम भएको छ’
-
सुदीपका परिवारसँग नेपालस्थित भारतीय राजदूतावासका प्रतिनिधिको भेट