उद्योगी व्यवसायीलाई हँसाउने गरी काम गर्छु : अञ्जन श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निराशामा रहेका उद्योगी व्यवसायीहरुको मुहार हँसाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै श्रेष्ठले निर्वाचनको समयमा देशभरका उद्योगी व्यवसायीहरु माझ गरेका प्रतिवद्धताहरु पूरा गर्नेगरी काम गर्ने बताए ।
उनले पछिल्लो समय व्यवसायीहरुलाई बैंकको ब्याजदर र तरलता अभावको कारण परेको समस्या समाधान गर्ने बताए । उनले आन्तरिक र वैदेशिक लगानी ल्याउनको लागि निजी क्षेत्रले पहल गर्ने बताए ।
उनले मुलुक भित्र नै उद्योगी व्यवसायीहरुले लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्न बताए ।
श्रेष्ठ महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणमा सहमतिमा श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण