सामुदायिक विद्यालयमा विद्यार्थी घटे, निजीमा बढे
काठमाडौँ । सामुदायिक विद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको देखिन्छ । निजी विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दै गएको छ । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको र निजीमा भनेको बढेको देखाएको हो ।
शैक्षिक सत्र २०७४ को तुलनामा २०७८ मा कुल विद्यार्थी सङ्ख्या ८.७७ प्रतिशतले घटेको देखिएको छ । ती मध्ये सामुदायिक विद्यालयमा २०.१४ प्रतिशतले घटेको देखाएको छ । तर, निजी विद्यालयमा भने २०७४ को तुलनामा २०७८ मा ४७.५५ प्रतिशतले बढेको देखाएको छ ।
आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) कुल विद्यार्थी भर्ना सङ्ख्या बर्सेनि घट्दै गएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०७८ मा ७२.८ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका छन् । भने २७.२ प्रतिशत बालबालिका निजी विद्यालयमा भर्ना भएका छन् ।
२०७७ मा भने सामुदायिकतर्फ ७६.२ प्रतिशत भर्ना भएका थिए । भने निजी तर्फ २३.८ प्रतिशत विद्यार्थी भर्ना भएका थिए ।
नेपाल सरकारले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्ने नीति ल्याएको छ । त्यसका लागि अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा ल्याइएको छ ।
विद्यालय जाने सबै उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गरी निःशुल्क शिक्षा उपलब्ध गराउन निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा लगायतका कार्यक्रममा बर्सेनि खर्च बढाउँदै लगेको छ । तर, सरकारीमा विद्यार्थी सङ्ख्या घट्दो र निजीमा बढ्दै गएको देखिन्छ ।
सबै बालबालिका विद्यालयमा अनिवार्य भर्ना र निःशुल्क शिक्षाको लागि शिक्षा क्षेत्रमा सरकारी खर्च वृद्धि भइरहेको अवस्थामा सामुदायिक विद्यालयहरूमा अपेक्षित रूपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेका कारण विद्यार्थीको आकर्षण घटेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । सबैलाई अनिवार्य शिक्षा र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको कार्यक्रम सफल बनाउन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण