समाचार
महसुल नतिर्ने उद्योगप्रति कठोर बन्दै प्राधिकरण, सोनापछि काटियो रोल्पा सिमेन्टको लाइन
आइतबार, ०३ वैशाख २०८०, १७ : २३
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगप्रति कठोर निर्णय लिन थालेको छ । प्राधिकरणले करोडौं महसुल बक्यौता रहे पनि नतिर्ने उद्योगहरूको धमाधम लाइन नै काट्न थालेको हो । प्राधिकरणले यसअघि दाङमा अवस्थित सोना सिमेन्टको लाइन काटेको थियो । उद्योगले बक्यौताबापतको ७५ करोड ५९ लाख रुपैयाँ नतिरेपछि प्राधिकरणको नेपालगन्जस्थित क्षेत्रीय वितरण केन्द्रले लाइन नै काटिदिएको थियो ।
लगत्तै, आज प्राधिकरणको टोलीले रोल्पा सिमेन्टको लाइन काटेको छ । रोल्पा सिमेन्टले बिजुली बाले बापतको ८ करोड ४४ लाख रुपैयाँभन्दा धेरै बक्यौता तिर्न बाँकी छ । आज पनि रोल्पा वितरण केन्द्रले नै लाइन काटिदिएको हो । यसअघि पटक–पटक बक्यौता रकम तिर्न आग्रह गरे पनि नमानेपछि लाइन नै काटेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण