शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

आइतबार, ०३ वैशाख २०८०, १९ : ०५
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

सरकारले हरेक वर्ष बैशाख र कात्तिक महिनामा बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम संचालन गर्दै आएको छ ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी कायम र अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप