दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो आर्सनल
लण्डन । एउटा पेनाल्टीमा चुक्नुका साथै दुई गोलको अग्रता खेर फाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल वेस्ट ह्यामसँग आइतबार बराबरीमा रोकिएको छ । बराबरीसँगै लिग उपाधि जित्ने टोलीको आशामा ठुलो धक्का लागेको छ ।
आर्सनलले खेलको १० मिनेटभित्र ग्याब्रियल जिसुस र मार्टिन ओडेगार्डको गोलको मद्दतले दुई गोलको अग्रता लिएको थियो । तर, ३३ औँ मिनेटमा साइद बेनाराह्माले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामका लागि एक गोल फर्काए । दोस्रो हाफमा आर्सनलले पनि पेनाल्टीमार्फत पुनः दुई गोलको अग्रता बनाउने अवसर पायो । तर, बुकायो साका गोल गर्नबाट चुके ।
लगत्तै जारोड बोवेनले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । ३१ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको सिटी ७० अंकसहित सहित दोस्रो स्थानमा छ । वेस्ट ह्याम भने ३१ अंकसहित १५ औँ स्थानमा सीमित रहेको छ ।
अब आर्सनलले सात खेल खेल्न बाँकी रहेको छ । टोलीले शुक्रबार घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । त्यसपछि २६ अप्रिलमा इतिहाद स्टेडियमा आर्सनलको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण