बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो आर्सनल

आइतबार, ०३ वैशाख २०८०, २१ : २०
आइतबार, ०३ वैशाख २०८०

लण्डन । एउटा पेनाल्टीमा चुक्नुका साथै दुई गोलको अग्रता खेर फाल्दै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल वेस्ट ह्यामसँग आइतबार बराबरीमा रोकिएको छ । बराबरीसँगै लिग उपाधि जित्ने टोलीको आशामा ठुलो धक्का लागेको छ ।

आर्सनलले खेलको १० मिनेटभित्र ग्याब्रियल जिसुस र मार्टिन ओडेगार्डको गोलको मद्दतले दुई गोलको अग्रता लिएको थियो । तर, ३३ औँ मिनेटमा साइद बेनाराह्माले पेनाल्टीबाट गोल गर्दै वेस्ट ह्यामका लागि एक गोल फर्काए । दोस्रो हाफमा आर्सनलले पनि पेनाल्टीमार्फत पुनः दुई गोलको अग्रता बनाउने अवसर पायो । तर, बुकायो साका गोल गर्नबाट चुके ।

लगत्तै जारोड बोवेनले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे । ३१ खेलबाट आर्सनल ७४ अंकसहित शीर्ष स्थानमा कायम छ । एक खेल कम खेलेको सिटी ७० अंकसहित सहित दोस्रो स्थानमा छ । वेस्ट ह्याम भने ३१ अंकसहित १५ औँ स्थानमा सीमित रहेको छ ।
 
अब आर्सनलले सात खेल खेल्न बाँकी रहेको छ । टोलीले शुक्रबार घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । त्यसपछि २६ अप्रिलमा इतिहाद स्टेडियमा आर्सनलको सामना गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप