बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सीमित मात्रामा खानुहोस् यी पोषक तत्त्व, मिर्गौलामा हानि पुग्न सक्छ

सोमबार, ०४ वैशाख २०८०, ०७ : १९
सोमबार, ०४ वैशाख २०८०

मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग मध्ये एक हो । यसले पिसाबको माध्यमबाट शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ । मिर्गौलाले रगतबाट फोहोर पदार्थलाई छुट्टाउँछ र रगत शुद्ध गर्छ । जब मिर्गौलाले राम्रोसँग काम गर्दैन, यी फोहोर उत्पादनहरू शरीरबाट बाहिर निकाल्न सकिँदैन । यसले धेरै रोगको जोखिम बढाउँछ । यस्तो अवस्थामा स्वस्थ रहन मिर्गौलालाई स्वस्थ राख्नु अति आवश्यक हुन्छ । मिर्गौला स्वस्थ राख्नका लागि फाइदाजनक मानिने धेरै पोषक तत्त्वहरू छन् । यसको प्रयोगले मिर्गौलाको कार्यमा सुधार हुन्छ । तर केही पोषक तत्त्वको अत्यधिक सेवनले मिर्गौलासम्बन्धी रोगको जोखिम बढाउँछ। मिर्गौला बिग्रन पनि सक्छ । मिर्गौलालाई हानि पुर्‍याउने पोषक तत्त्वहरू के कस्ता हुन्, त्यसबारे जानकारी लिऔँ । 

प्रोटिन

प्रोटिन हाम्रो समग्र स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । यो मांसपेशीहरू र हड्डीको गठन र विकासको लागी धेरै महत्त्वपूर्ण छ । तर प्रोटिनको अत्यधिक सेवनले रगतमा एसिडको मात्रा बढ्न सक्छ, जसलाई इन्ट्रामुरल हाइपरटेन्सन वा प्रोटीन्युरिया भनिन्छ । यो अवस्था मिर्गौलाको लागि धेरै खतरनाक हुन सक्छ । यस समस्याबाट बच्न शरीरको आवश्यकता अनुसार मात्र प्रोटिनको सेवन गर्नुपर्छ ।

सोडियम

सोडियम हाम्रो शरीरको लागि आवश्यक पोषक तत्त्व हो । यसले शरीरमा पानी र मिनरल्सको स्तरलाई सन्तुलनमा राख्ने काम गर्छ । हाम्रो शरीरमा थोरै मात्रामा सोडियम पाइन्छ । तर शरीरमा सोडियमको मात्रा बढी भयो भने शरीरबाट बाहिर निस्कन सक्दैन । जसका कारण मिर्गौलाले राम्रोसँग काम गर्न सक्दैन र रोग लाग्न थाल्छ ।

फस्फोरस

फस्फोरसको अत्यधिक सेवन मिर्गौलाको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । धेरै अध्ययनमा यो खुलासा भएको छ कि फस्फोरसको मात्रा बढी हुने खानेकुरा मिर्गौलाका लागि हानिकारक हुन्छ । प्रशोधित खानेकुरामा फस्फोरसको मात्रा बढी हुन्छ, त्यसैले यिनीहरूलाई निकै कम मात्रामा सेवन गर्नुहोस् । फस्फोरसयुक्त खानेकुराको सेवनले मिर्गौला र हड्डीमा क्षति पु¥याउन सक्छ ।

पोटासियम

शरीरलाई स्वस्थ राख्न पोटासियम निकै आवश्यक हुन्छ । यसले कोशिकाहरूमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ । तर शरीरमा पोटासियमको मात्रा बढी हुनु मिर्गौलाका लागि हानिकारक हुन सक्छ । पोटासियम फिल्टर गर्न मिर्गौलामा बढी दबाब पर्ने भएकाले यस्तो हुन्छ । यदि तपाईंलाई मिर्गौला सम्बन्धी कुनै समस्या छ भने पोटासियमको सेवन सीमित मात्रामा मात्र गर्नुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप