वायु प्रदूषण नियन्त्रणबारे संसदमा जानकारी गराउन सांसद डाँगीको माग
मङ्गलबार, ०५ वैशाख २०८०, १५ : १०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे सरकारले अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने बताइन् ।
काठमाडौँ विश्वकै प्रदूषित सहरको पहिलो सूचिमा रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सांसद डाँगीले त्यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरुबारे पनि सरकारले संसदलाई जानकारी गराउनुपर्ने बताइन् ।
सांसद डाँगीले काठमाडांै प्रदूषित हुँदै जाँदा पनि सरकारले यसको नियन्त्रण र रोकथामका लागि प्रयास नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण