डीआईजीमा बढुवा सिफारिसविरुद्ध दुई जनाको उजुरी

काठमाडौँ । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी परेको छ ।
बढुवाका लागि दाबेदार रहेका दुई एसएसपीले आफूहरुको नाम नसमेटिएको भन्दै लोकसेवा आयोगमा मंगलबार उजुरी दिएका हुन् । उजुरी दिनेमा एसएसपीद्वय अनुरागकुमार द्विवेदी र चक्रबहादुर सिंह रहेका छन् ।
बढुवा समितिको चैत २९ गते बसेको बैठकको सिफारिस अनुसार गृह मन्त्रालयले सूची प्रकाशित गरेको थियो । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको थियो ।
बढुवाका लागि सिफारिस भएका एसएसपीहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णु बहादुर केसी, भरत बहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् । यस्तै सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकास राज खनालको नाम पनि सिफारिस भएको थियो । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहँदा दाबेदार मानिएका द्विवेदी र सिंहको नाम भने समेटिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
विद्या भण्डारीसँग मन्त्रीदेखि यी नेता जाँदैछन् चीन भ्रमणमा
-
सुरु भयो स्वाँतका भिरमा यस यामको ‘हनिहन्टिङ’
-
रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
-
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण
-
दयाहाङको ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुने