मोरङ–सुनसरी औद्योगिक करिडोरमा प्राधिकरणले काट्न थाल्यो बिजुली
काठमाडौँ । मोरङ सुनसरी औद्योगिक कोरिडोरमा हुन थालेको अनियमित विद्यूत आपूर्तिबाट उद्योगहरूमा समस्या पर्न थालेको छ । नेपाल विद्युत् प्राधिकरणले जानकारी नै नदिई बिजुली काट्दा त्यसक्षेत्रमा सञ्चालित उद्योगहरूमा समस्या पर्न थालेको हो ।
विद्युत् आपूर्तिमा देखिएका अनियमितता, लो भोल्टेज र ट्रिपिङ जस्ता समस्याले उद्योगहरूको सञ्चालनमा प्रतिकूल असर पर्न गएको मोरङ व्यापार संघले जनाएको छ । प्राधिकरणबाट विद्युतमा हुने र गरिने त्यस प्रकारका अवरोधात्मक आपूर्तिहरूका कारण उद्योगहरूका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने संघले बताएको छ ।
मिल मेशिनरीहरू बिग्रने तथा कामदार श्रमिकहरूको कार्य अवरोध हुने लगायतका समस्याहरू उत्पन्न भई उद्योगहरूका लागत खर्च वृद्धि हुनुका साथै उद्योगहरूलाई ठूलो आर्थिक व्ययभार थपिने परिस्थिति सृजना हुने गरेको छ । उत्पादनमूलक उद्योगहरूका लागि अक्सीजनको रूपमा रहेको विद्युत्को आपूर्तिमा अवरोध हुँदा औद्योगिक चक्र धराशायी हुनुका साथै स्वदेशी लगानी र मुलुकको औद्योगिकीकरण चरम जोखिममा पर्न गएको छ ।
यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग संघका प्रतिनिधिको भेटमा उद्योगलाई पर्याप्त बिजुली आपूर्ति दिने भनेको थियो । तर, त्यस अनुरूपका कार्य हुन नसकेकाले चिन्ता पैदा गरेको संघले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण