सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हँसिली भइन् आमा

बिहीबार, ०७ वैशाख २०८०, १२ : २०
बिहीबार, ०७ वैशाख २०८०

सपनालाई साकार पार्ने
खुड्किलो भइन् आमा,
दःुखमा पनि खुसी खोजी
हँसिली भइन् आमा ।

तिम्रा आशलाई पहाड सरी 
अटल बनाउँछु 
तिम्रो विश्वासलाई साहस मानी
हरपल सजाउँछु ।

जीवनका गोरेटोमा उज्यालो
किरण छर्छौ
असफलतामा पनि सफलताको
बाटो मलाई देखाउँछौ ।

जीवन के हो बुझ्न
मैले तिम्रा आँखा हेरे
त्यहीबाट संसार नियाली
अघि अघि बढे । 

तिम्रो बुढेसकालको
सहारा बन्न मन छ ,
तिम्रा हर दुःख पीडा
दूर गर्न मन छ ।
आमा, दूर गर्न मन छ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिता गाइसी
सुनिता गाइसी
लेखकबाट थप