हँसिली भइन् आमा
बिहीबार, ०७ वैशाख २०८०, १२ : २०
सपनालाई साकार पार्ने
खुड्किलो भइन् आमा,
दःुखमा पनि खुसी खोजी
हँसिली भइन् आमा ।
तिम्रा आशलाई पहाड सरी
अटल बनाउँछु
तिम्रो विश्वासलाई साहस मानी
हरपल सजाउँछु ।
जीवनका गोरेटोमा उज्यालो
किरण छर्छौ
असफलतामा पनि सफलताको
बाटो मलाई देखाउँछौ ।
जीवन के हो बुझ्न
मैले तिम्रा आँखा हेरे
त्यहीबाट संसार नियाली
अघि अघि बढे ।
तिम्रो बुढेसकालको
सहारा बन्न मन छ ,
तिम्रा हर दुःख पीडा
दूर गर्न मन छ ।
आमा, दूर गर्न मन छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण