आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई पठायो कारण देखाउ आदेश
ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या बच्चनको मुद्दामा दिल्ली उच्च अदालतले युट्युबलाई समन पठाएको छ । अभिषेक बच्चनले आफ्नी छोरीको स्वास्थ्यलाई लिएर युट्युब च्यानलमा चलाइएको ‘फेक न्युज’ विरुद्ध निवेदन दिएका थिए ।
यस मामिलामा, दिल्ली उच्च अदालतले अब युट्युबलाई आफ्नो प्लेटफर्ममा सामग्री नियमन नगरेकोमा समन पठाएको छ । न्यायाधीश सी हरिशंकरले भने, ‘युट्युबको नो टलरेन्स पोलिसीमा गडबडी छ र यो एक पैसा कमाउने प्लेटफर्म हो । हरेक भिडियो जुन अपलोड हुन्छ, त्यसमार्फत युट्युबले कमाउँछ । त्यसो भए तपाईंको कुनै जिम्मेवारी छैन ?’
उच्च अदालतले युट्युबलाई गलत समाचार र भ्रामक सूचनालाई सम्बोधन गर्नका लागि तपाईंको योजना के छ भनेर प्रश्नसमेत गर्यो ।
अदालतले भन्यो, ‘तपाईँले आफ्नो नीतिमा सुधार गरेर नयाँ नियमसँग तालमेल मिलाउनु तपाईंको जिम्मेवारी हो । तपाईँले अहिलेसम्म के गर्नुभएको छ ? तपाईँले भन्नुहुन्छ कि तपाईंको पोर्नोग्राफीविरुद्ध शून्य सहनशीलता छ । तर त्यो पनि युट्युबमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण