कांग्रेसकै नेताले कांग्रेस खाइसके : केपी ओली
बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको दावी गरेका छन् । बिहीबार बाराकाे पचराैतामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस आफ्नो उम्मेदवार समेत उठाउन नसक्ने अवस्थामा पुगेको र कांग्रेसकै नेताले कांग्रेस पार्टी खाइसकेको बताएका हुन् ।
‘कांग्रेसका बारेमा म केही भन्दिनँ, बिचरा उम्मेदवार उठाउन सक्ने अवस्था छैन । कांग्रेसका नेताले कांग्रेस खाइसके । शेरबहादुरजी गठबन्धनलाई भोट माग्न आउनुभयो रे , आफैं सकिसक्यो’, ओलीको भनाइ छ । ओलीले माधव नेपालको पार्टी र जसपाप्रति संकेत गर्दै भने, ‘विना ढेउवाको गढीमाइमा आएछन्, कति चल्छ ? कोही छाता ओढेर आउँछन् छाता नै ओढेर जान्छन्’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति पनि कटाक्ष गरे ।
उनले प्रचण्डले सहिद बढाउनेबाहेक केही काम नगरेको पनि बताए । सन्ठी जोडेर बनेको म्यादी सरकार आफैं ढल्ने भन्दै उनले यो सरकारलाई एमालेले हात नलाउने बताए । उनले सरकारलाई केही दिनको मेहमान मात्र भएको पनि बताए । ‘खन्चुवा मेहमान, यसलाई पाल्न सकिँदैन । १० गतेबाट बिदा गरौं’, ओलीले मतदातालाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण