एलन मस्कको आदेशपछि ट्विटरको ‘अनपेड अकाउन्ट्स’ बाट हट्यो ब्लु टिक
शुक्रबार, ०८ वैशाख २०८०, ०९ : २५
ट्विटरले एलन मस्कको आदेशपछि भुक्तान नगरिएका खाताहरूबाट निलो टिक हटाएको छ । माइक्रोब्लगिङ साइट ट्विटरले लिगेसी भेरिफाइड अकाउन्ट अर्थात् भुक्तान नगरिएका खाताहरूबाट निलो टिक हटाएको छ । बिहीबार राति १२ बजेदेखि यत्तिकै लिगेसी भेरिफाइड खाताबाट निलो टिक हटे ।
विभिन्न सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक तथा सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लु टिक हट्न थालेको छ । एक साताअघि ट्विटरका मालिक एलन मस्कले ब्लु टिक हटाउने घोषणा गरेका थिए ।
मस्कले अप्रिल १२ मा अप्रिल २० देखि निलो टिक हट्न थाल्ने बताएका थिए । उनले ब्लु टिक लिन चाहेको खण्डमा मानिसले ‘ट्विटर ब्लु’ को सशुल्क सदस्यता लिनुपर्ने बताएका थिए । अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको निलो टिक जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण