एलन मस्कको आदेशपछि ट्विटरको ‘अनपेड अकाउन्ट्स’ बाट हट्यो ब्लु टिक
शुक्रबार, ०८ वैशाख २०८०, ०९ : २५

ट्विटरले एलन मस्कको आदेशपछि भुक्तान नगरिएका खाताहरूबाट निलो टिक हटाएको छ । माइक्रोब्लगिङ साइट ट्विटरले लिगेसी भेरिफाइड अकाउन्ट अर्थात् भुक्तान नगरिएका खाताहरूबाट निलो टिक हटाएको छ । बिहीबार राति १२ बजेदेखि यत्तिकै लिगेसी भेरिफाइड खाताबाट निलो टिक हटे ।
विभिन्न सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक तथा सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लु टिक हट्न थालेको छ । एक साताअघि ट्विटरका मालिक एलन मस्कले ब्लु टिक हटाउने घोषणा गरेका थिए ।
मस्कले अप्रिल १२ मा अप्रिल २० देखि निलो टिक हट्न थाल्ने बताएका थिए । उनले ब्लु टिक लिन चाहेको खण्डमा मानिसले ‘ट्विटर ब्लु’ को सशुल्क सदस्यता लिनुपर्ने बताएका थिए । अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको निलो टिक जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन