क्रिकेट
एसीसी प्रिमियर कप : कुशल मल्लको पहिलो शतक
शुक्रबार, ०८ वैशाख २०८०, १२ : ४०
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा अलराउण्डर कुशल मल्लले पहिलो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा उनले ओमान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।
खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७ औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै मल्लले शतक पूरा गरे । योसँगै कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी समेत बनेका छन् । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरेका थिए ।
मल्लले सन् २०२० को क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्ध डेब्यु गरेका थिए । उनले अहिले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण