बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश

घोराही उपमहानगरको कार्यालय भवन निर्माण अलपत्र

शुक्रबार, ०८ वैशाख २०८०, १३ : ४९
शुक्रबार, ०८ वैशाख २०८०

दाङ । घोराही उपमहानगरपालिकाको कार्यालय भवन निर्माण अलपत्र परेको छ । भवन निर्माणको समयसीमा सकिन २२ दिनमात्र बाँकी रहँदा भौतिक प्रगति १० प्रतिशतमात्र पुगेको हो ।

अन्डरग्राउण्ड पार्किङ, लिफ्ट सुविधा सहितको पाँच तले भवन निर्माण यही वैशाख मसान्तसम्म सक्ने गरी गौरी–पार्वती बस्नेत जेभीले २० करोड ५ लाख ९२ हजारमा २०७८ वैशाखमा ठेक्का लिएको थियो । तर भवन निर्माणको काम अहिलेसम्म अलपत्र छ ।

हालसम्म भवन निर्माणका क्रममा अन्डरग्राउण्ड खन्ने र सरिया ठड्याउने काममात्रै भएको छ । निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा प्रशासनिक भवन निर्माण अलपत्र बनेको उपमहानगरपालिकाको भनाइ छ ।

अन्डरग्राउण्ड खन्ने र सरिया गाड्ने कामका लागिमात्रै निर्माण कम्पनीले तीन करोड ३३ लाख ८८ हजार रुपैयाँ भुक्तानी लगिसकेको उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख युवराज पोख्र्रेलको भनाइ छ ।

भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी भने २०७९ साउनदेखि उपमहानगरपालिकाको सम्पर्कमा नरहेको पूर्वाधार शाखाले जनाएको छ । पोख्रेलले भने, ‘योजना निर्माणको कामका लागि निर्माण कम्पनी नै गत साउनदेखि उपमहानगरपालिकाको सम्पर्कमा आएन । लगातार पत्र पठाए पनि त्यसको जवाफ दिएन ।’

पोख्रेलका अनुसार बेपत्ता निर्माण कम्पनीका नाममा २०७८ मा असोज २३ र २६, पुस २ र १८, माघ ६, फागुन ८ र २२ गते गरी लगातार ७ पटक पत्राचार गरिएको छ । तर निर्माण कम्पनी सम्पर्कमा नआउँदा भवन निर्माणको काम अघि बढ्न नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप